images
images

पहिरो पन्छाएपछी मदन भण्डारी राजमार्ग एकतर्फी संञ्चालनमा

जन्ताभ्वाईस सम्वाददाता
२९ साउन , सोमबार , २०८०
कटारी /अविरल वर्षासँगै पहिरो गएपछी दुईदिनदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग सोमबार साँझ देखि एकतर्फी संञ्चालनमा आएको छ । राजमार्ग अन्र्तगत उदयपुरको कटारी – गाईघाट सडकखण्ड शनिबार रातिदखि पूर्ण रुपमा अवरुद्ध भएको थियो । राजमार्गको उदयपुरगढी गाउँपालिका ६ , स्थित मौवासीखोलाको पुलनजिकैको भित्तौ नै पहिरो गएपछी सडक अवरुद्ध सोमबार साँझ ५ बजे देखि एकतफी संञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार सोमबार साँझदेखि एकतर्फी सडक संञ्चालनमा आएपछी सवारीसाधनहरु गन्तब्य तर्पm लागेका छन् । गाईघाट दिक्तेल सडक आयोजनाको एउटा लोडर , उदयपुरगढी गाउँपालिका र लामा शर्मा जेभीको जेसिवीले पहिरो पन्छाएपछी सडक संञ्चालनमा आएको हो । पहिरोले ५० मिटरभन्दा बढी सडक पुरेको थियो ।
मूख्यगरी कोशीप्रदेशबाट राजधानी काठमाडौं जाने छिटो बाटो संञ्चालनमा आएपछी यात्रुहरुलाई सहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्ध भएपछी पूर्वबाट आएका सवारीलाई गाईघाट देखि लहान हुँदै , वर्दिवास तर्पm पठाईएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैयाहुँदै पूर्व पठाईएको थियो ।