जन्ताभ्वाईस सम्वाददाता
२८ साउन , आईतबार , २०८०
कटारी /प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा आइतबारदेखि देशैभरि सुरु भएको विरोधको कार्यक्रम अन्र्तगत कटारीमा पनि महासंघका नगरस्तरीय घटक संग संघठनले विरोध जनाएका छन् ।महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै आइतबारदेखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको हो।
कार्यक्रम अन्र्तगत कटारी नगरपालिकामा धर्ना दिंदै शिक्षकहरुले आप्mना माग बारे नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई ज्ञापन पत्र वुझाएका छन् ।विद्यालय शिक्षा विधेयक नसच्याई संसदमा लगेमा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिलो चरणमा देशभरका स्थानीय तहमा पुगेर दबाबमूलक कार्यक्रमहरूको आयोजना गरेको हो।
कार्यक्रम अन्र्तगत ज्ञापन पत्र वुझाउँदै मागहरुबारे २० वटा वुँदा पढेर सुनाउँदै त्रिवेणी मावि कटारीका प्रधानाध्यापक वालकृष्ण कार्कीले ज्ञापन पत्र वुझाउनुभयो । ज्ञापन पत्र वुभ्mदै मेयर श्रेष्ठले शिक्षक शिक्षिका नै आन्दोलनमा उत्रनुपर्ने अवस्था दुखद रहेको र यसबारे माथिल्लो निकायमा जानकारी गराउने बताउनुभयो ।कार्यक्रम अन्तर्गत उदयपुरगढी गाउँपालिकामा पनि शिक्षक शिक्षिकाहरुले धर्ना दिंदैं ज्ञापन पत्र वुझाएका थिए ।


जनता भ्वाइस 







