images
images

मौवासीमा पहिरोगएपछीे कटारी–गाईघाट सडक अवरुद्ध

जन्ताभ्वाईस सम्वाददाता
२८ साउन , आईतबार , २०८०
कटारी /अविरल वर्षासँगै मौवासीमा पहिरो गएपछी मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको कटारी – गाईघाट सडकखण्ड आईतबार विहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । राजमार्गको उदयपुरगढी गाउँपालिका ६ , स्थित मौवासी खोलाको पुल नजिकै पहिरो गएपछी सडक अवरुद्ध भएको हो ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले पहिरोका कारण आईतबार विहानदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको बताउनुभयो । ‘दुईतीनदिनदेखि नै पहिरो जान थालेको थियो , तर सफा गर्दै संञ्चालनमा आएकोमा गए राति आएको ठूलो पहिरोका कारण विहानैदेखि सडक वन्द छ । ’उपरीक्षक कार्कीले भन्नुभयो ‘वर्षा निरन्तर भएकाले आईतबार दिउँसो सम्म सडक खोल्नका लागि काम हुन सकेको छैन् ।’
पहिरोले ५० मिटरभन्दा बढी सडक पुरेको स्थानीयले बताएका छन् । मूख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौं जाने छिटो बाटो अवरुद्ध भएपछी यात्रुहरुलाई समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्ध भएपछी पूर्वबाट आएका सवारीलाई गाईघाटदेखि लहानहुँदै , वर्दिवास तर्पm पठाईएको छ भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैयाहुँदै पठाईएको छ ।