जन्ताभ्वाईस सम्वाददाता
२६ साउन , शुक्रबार , २०८०
कटारी /सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी कानुन लाई संसोधन र एकिकरण गर्न बनेको विधेयक २०८० को सम्बन्धमा निजि विद्यालयहरुको संगठन प्याब्सन कटारीले कटारी नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । प्याब्सन कटारीका अध्यक्ष बिष्णु पौडेल हस्ताक्षरित ध्यानाकर्षण पत्र नगरपालिकालाई शुक्रबार बुझाइएको हो ।
नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै प्याब्सन कटारीका अध्यक्ष पौडेलले देश भर जारी निजि विद्यालयहरुको आन्दोलन अनुरुप ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो । विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजि विद्यालयहरु प्रर्वाग्राही मात्र नभएर संविधान विपरित अव्यवहारिक र अन्यायपुर्ण भएको पत्रमा उल्लेख छ ।
उनीहरुले आप्mना मागहरु पुरा नभए निजि विद्यालयहरु बन्द गर्ने चेतावनि समेत दिएका छन । पत्र बुभmेपछी नगपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यसबारेमा सरकारले सुनुवाई गरोस भन्दै आगामी दिनमा स्थानिय सरकार सँगपनि छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।



जनता भ्वाइस 







