images
images

कटारीमा डेंगी संक्रमितको संख्या २३ पुग्यो , नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल

जन्ताभ्वाईस सम्वाददाता
२६ साउन , शुक्रबार , २०८०
कटारी /डेंगी संक्रमण वढ्दै गएपछी कटारी नगरपालिकाले नियन्त्रणका लागि सरकोरवालाहरुसँग शुक्रबार छलफल गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डेंगी रोग नियन्त्रण सम्वन्धि अन्र्तकृया गरिएको हो ।
नगरपालिकामा संक्रमण वढ्दै गएकाले यसको नियन्त्रणका लागि आवश्यक अभियान संञ्चालन गर्न स्वास्थ्य शाखालाई निर्देशन दिएको नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपमेयर गिता खड्का , लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा डेंगी रोग , यसको संक्रमण र वच्ने उपायबारे जानकारी गराउँदै कटारी अस्पत्तालका निमित्त मेडिकल सुपरीडेण्टेठ डा.गौरब साहले यसको नियन्त्रणका लागि मूख्य गरी लामखुट्टेको लार्भा उत्पादन हुन नदिनुपर्ने वताउनुभयो ।
त्यसैगरी दिउँसो पनि वालवालिकाहरुलाई सुत्दा झुलको प्रयोग , वाहुले लुगा लगाउन पनि डा. साहले सुझाव दिनुभयो । कार्यक्रममा जिल्लाको डेंगी संक्रमणको अवस्थाका विषयमा स्वास्थ्य कार्यालय उदयपुरका ल्याव टेक्निसियन अधिकृत लौकाजी राईले जानकारी गराउँदै यसबाट वच्न लार्भा नष्ट गर्नु आवश्यक रहेको बताउनुभयो ।
कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार हालसम्म कटारी नगरपालिकामा सरकारी अस्पत्तालमा १८ र नीजिमा ५ गरी २३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ । अस्पत्तालहरुमा ज्वरो आउने विरामीको संख्या पनि वढ्दो छ ।
वर्षा सुरु भएको र पानी जम्ने सम्भावना वढ्नुका साथै भदौमा यसको संक्रमण झनै वढ्न सक्ने भएकाले नगरपालिकाले विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रम सुरु गर्नुका साथै सर्च एण्ड डिष्ट्रोय लार्भा खोज र नष्ट गर अभियान चलाउने पनि शाखा प्रमुख दाहालले बताउनुभयो । कटारी नगरपालिकाको वडा नम्बर ३ मा सवैभन्दा वढी र आसपासका वडाहरुम संक्रमितको संख्या वढी देखिएको नगरपालिकाले जनाएको छ ।