images
images

सौर्य सिमेन्टले कटारी नगरलाई विकास शुल्क वापत ५१ लाख ६९ हजार ५ सय ९४ रुपैंया बुझायो

जन्ताभ्वाईस सम्वाददाता
२५ साउन , बिहिबार , २०८०
कटारी/ सिरहाको मिर्चैयामा उद्योग रहेको सौर्य सिमेन्टले कटारीलाई खानी उत्खनन् गरे वापत एकवर्षको ५१ लाख ६९ हजार ५ सय ९४ रुपैंया स्थानीय विकास शुल्क बुझाएको छ । आर्थिक वर्ष २०७९/८० उद्योगले कटारी , ८ को आहालेमा रहेको खानीबाट चुनढुंगा उत्खनन गरी लगेबापत उक्त रकम बुझाएको हो ।
विहिबार उद्योगका भाईस प्रेसिडेन्ट राजन झाले कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्कालाई उक्त रकम बापतको चेक हस्तान्तरण गर्नुभयो । उद्योगले गएको आर्थिक वर्षको एकवर्षमा ८ लाख ६१ हजार ५ सय ९९ मेट्रिक टन चुनढुंगा उत्खनन् गरे वापत प्रति मेट्रिक टन ६ रुपैंयाका दरले उक्त रकम बुझाएको हो ।
रकम अनुसारको चेक बुभ्mदै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले विहिबार नै उक्त रकम नगरपालिकाको राजश्वमा दाखिला गर्न शाखामा निर्देशन दिनुभयो । रकम बुझाउँदै उद्योगले चालु आर्थिक वर्षमा उत्खनन र ढुवानी बढाउन सके उक्त कर आगामी वर्ष डेढ करोडसम्म पुराउने लक्ष्य रहेको जनाएको छ ।