जन्ताभ्वाईस सम्वाददाता
२४ साउन , बुधबार , २०८०
कटारी / २९ औं विश्व आदिवासी दिवश कटारीमा पनि बुधबार मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको आयोजनामा आदिवासी जनजाति हलमा दिवशको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो ।
दिवश मनाउँदै महासंघले आगामी भदौको पहिलो साताभित्र नगर समन्वय परिषदको ५ औं अधिवेसन सम्पन्न गर्ने निर्णय गरेको पनि परिषदका सचिव पदम राईले बताउनुभयो । यसै वीच २९ औं विश्व आदिवासी दिवस गाईघाटमा बृक्षारोपण गरी मनाईएको छ । बुधबार गाईघाटमा आदिवासी जनजातिको भवन परिसरमा बृक्षारोपण गरी दिवस मनाईएको हो ।
नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वय परिषद र आदिवाजी जनजाति पत्रकार माहासंघ उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । आदिवासीको २९ औँ र जनजाति पत्रकारको २४ औँ स्थापना दिवसको अवसरमा बृक्षारोपण गरिएको हो । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न आदिवासी जनजाति माताहत संस्थाहरुको उपस्थिति रहेको थियो ।


जनता भ्वाइस 







