जन्ताभ्वाईस सम्वाददाता
२४ साउन , बुधबार , २०८०
कटारी /आगामी भदौ १५ गतेदेखि २५ गतेसम्म भूटानमा हुने १६ वर्ष मुनिको दक्षिण एसियाली मुलुकहरु वीच हुने साफ फुटबल प्रतियोगिताको वन्द प्रशिक्षणमा कटारी २ का सविनय कटुवाल छनौटमा परेका छन् । वन्द प्रशिक्षणमा ४० खेलाडी परेका छन् ।
४० खेलाडीबाट साफका लागि २३ जना टिममा छनौटमा पर्नेछन् । कटुवाल १६ वर्ष मुनिको राष्ट्रिय लिगमा मच्छिन्द्र क्लबबाट खेलिरहेका छन् । राष्ट्रिय लिगमा उनले २ गोल पनि गरिसकेका छन् ।


जनता भ्वाइस 








