images
images

दुम्सीबाट मकै जोगाउन गरेको केराखेतिबाट मनग्य आम्दानी

जन्ताभ्वाईस सम्वाददाता
२३ साउन , मंगलबार , २०८०
कटारी / दुम्सी , सुगा र वाँदरले हैरान पारेपछी केराखेतीमा लागेका उदयपुरको कटारी , ८ का कृषकहरुले केराखेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । मकै ,कोदो खेती गर्दा जंगली पशुपंक्षीले सखाप पारेपछी ३ वर्ष अघिदेखि व्यवसायिक रुपमा केराखेती सुरु गरेका कृषकहरुले केराबाट राम्रो आम्दानी लिन थालेका हुन् ।
मकै , कोदोबाट आजित भएर बाँभैm राख्न परेको पाखा पखेरीमा केराखेती गरेपछी वर्षेनी लाखको हाराहारीमा आम्दानी हुन थालेको अगुवा कृषक लाखबहादुर राई बताउँछन् । ‘चारसय जति केरा लगाएको छु , केराबाट यस वर्षपनि लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको छु ।’राईले भन्नुभयो ‘गतसाल पनि झण्डै लाख रुपियाँको केरा वेंचें यसवर्ष झनै केरा खेति बढाएको छु ।’
परम्परागत केराखेति त्यागेर व्यवसायिक रुपमा भोटाङ्गे , मर्चे , जहाजी जातको केरा खेति गरिरहेका कृषकहरुको मूख्यबजार पहाडी जिल्ला सोलुखुम्बु , ओखलढुंगा , खोटाङ्ग बनेको छ । ‘पहाडी जिल्लाका व्यापारीहरु घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ ।’कटारी , ८ ढापटारका कृषक रत्नबहादुर विश्वकर्माले भन्नुभयो ‘फलाएपछी भयो व्यापारीले बारीबाट आपैm केरा उठाँछन् ।’
कृषक साङ्गदोेर्जे तामाङ्गका अनुसार राति आएर मकै सखाप पार्ने दुम्सी , सुगा चराबाट आजित हुनु परेको छैन् । दिउँसो वाँदरले भने अभैm केरा खानेभएपनि मकै जस्तै नष्ट नगर्ने र बचाउन सकिने तामाङ्गले बताउनुभयो ।
वडाका कृषकहरुले थोरैमा प्रति घरपरिवार वर्षेनी तीस हजारदेखि लाख सम्म केराबाटै आम्दानी लिने गरेका छन् । विशेष गरी कोरोना संक्रमणका समयमा भएको लकडाउनमा घरमै वस्नुपरेपछी घरआसपासको पाखोको झाडी सफा गरेर केरा खेति सुरु गरेका स्थानीयले यसैलाई पहिलो नगदेवालीका रुपमा लगाउन सुरु गरेका हुन् ।
९ रोपनी जग्गामा केराखेति गरिरहेका ढापटारकै मोहन कोईरालाले वडामा भएको केरा व्यापारीहरुले बारीमै प्रतिखापा ५० रुपैंयाले लैजाने गर्दा आम्दानी राम्रो भएको बताउनुभयो । ‘अभैm गाउँगाउँ सम्म जाने बाटो राम्रो हुन सकेको छैन् त्यसैले मुलबाटोसम्म लैजाने विचौलियाले यहिंको यहिं ८० रुपैंया खापामा वेच्ने गरेका छन् ।’ कोईरालाका अनुसार बाटो स्तरउन्नती गर्न सके कृषकहरुले अभैm राम्रो आम्दानी गर्नेछन् ।
वडाध्यक्ष नविन्द्र कुमार तामाङ्गका अनुसार वडाका हलेदे , मरुवाखानी , केराबारी , पट्ना , कवासे , गेरु , सिक्रे , ढापटार ,वड्मी ,माटे , खलङ्गेका गरी ४ सय ५० हाराहारीका कृषकहरुले केराखेति गर्दै आईरहेका छन् । केराखेति फस्टाएपछी कृषि ज्ञान केन्द्र उदयपुरले पनि खेति प्रणाली सम्वन्धि तालिम कृषकहरुलाई दिईसकेको छ ।
तालिम लिएपछी झनै केराखेतिमा हौसिएका कृषकहरुले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन् । नगरपालिकाका उपमेयर गिता खड्काले एकवडा एक पकेट क्षेत्र कार्यक्रम अन्र्तगत वडालाई केरा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अघि बढाउने बारे छलफल भईरहेको बताउनुभयो ।