images
images

मेयर राजेशचन्द्र श्रेष्ठको पहलमा मावि कल्याणपुरलाई १० थान कम्प्युटर सहयोग

जन्ताभ्वाईस सम्वाददाता
२३ साउन , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नंम्बर २ मा रहेको मावि कल्याणपुरलाई आज एक कार्यक्रमका बीच कम्प्युटर र खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको छ । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठको पहलमा रोटरी क्लब धुलिखेलले कम्प्युटर र खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले विद्यालयलाई १० थान कम्प्युटर, फुटबल, ब्याटमिन्टन र क्रीकेट जस्ता खेलकुदका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा कटारी नगरपालिकाका उपमेयर गिता खड्का, रोटरी क्लबका पूर्व अध्यक्ष रन्जीत श्रेष्ठ, जिल्ला समन्वय समिति उदयपुर सदस्य बिष्णु कटुवाल, कटारी नगरपालिका २ नम्बर वडा अध्यक्ष प्रेम थापा, इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी रबिन कार्की, सशस्त्र बेश क्याम्प कटारीका प्रमुख रामचरण यादव, मावि कल्याणपुरका बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष भानु गिरी, प्रधानाध्यापक वसन्त कुमार तिमल्सीना लगाएतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा मेयर श्रेष्ठले विद्यालयका प्रधानाध्यापक वसन्त कुमार तिमल्सिनालाई कम्प्युटर र सामाग्री हस्तान्तरण गर्दै विद्यालयको शैक्षिक सुधारका लागि सामाग्रीको उचित प्रयोग गर्न सुझाव दिनुभयो । सामाग्री ग्रहण गर्दै प्रअ तिमल्सिनाले विद्यालयलाई आवश्यक सामाग्री हस्तान्तरण गरेकोमा नगरपालिका तथा क्लवलाई धन्यवाद दिनुभयो ।
मेयर श्रेष्ठका अनुसार यस अघि क्लवले कटारी नगरपालिकालाई निशुल्क २५ थान ह्विलचियर समेत सहयोग गरेको थियो । त्यसैगरी विपदका समयमा जोखिम न्युनिकरण गर्ने उद्धार सामाग्रीको वक्सहरु पनि क्लबले कटारी नगरपालिकालाई सहयोग गरेको थियो ।