images
images

ढापटारमा सडक बनाउन सहयोग गर्नेलाई धन्यवाद दिंदै थप विकासका लागि सरोकारवालाहरुसँग माग

जन्ताभ्वाईस सम्वाददाता
२२ साउन , सोमबार , २०८०
कटारी /कटारी नगरपालिका वडा नम्बर ८ स्थित सुनाखरी पशुपंक्षी तथा कृषक समूहले सोमबार एक कार्यक्रमको आयोजना गरी ग्रामिण सडक निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद तथा नयाँ योजनाहरुका लागि सरोकारवालाहरुसँग माग गरेको छ । समूहका अध्यक्ष मिनबहादुर कार्कीको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य रामकुमार खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा वोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य खत्रीले समग्र सिरीसेको विकासका लागि आफु जहिले पनि कृयाशिल रहेको र रहने प्रतिवद्धता जाहेर गर्दै वडाको शिक्षा , स्वास्थ्य र कृषिको विकासका लागि प्रदेश सरकारसँग पहल गरिरहेको बताउनुभयो । खनियाखोलाबाट लिप्mिटङ्ग गरी पानीको समस्या समाधानका लागि जानकारहरुसँग समन्वय गर्ने प्रदेश सभा सदस्य खत्रीले बताउनुभयो ।
वडाको वर्मी देखि ढापटारसम्म अन्दाजि ६ किलोमिटर सडक निर्माणका लागि विभिन्न निकायले सिमेन्ट , ढुंगा , ह्युमपाईप सहयोग गरेको र स्थानीय २ सय ८ जनाले १२ दिन श्रमदान गरेर सडक निर्माण गरेको समूहका अगुवा लाखबहादुर राईले बताउनुभयो ।उक्त सडक स्तरोन्नती पानीको समस्या समाधान , केरा खेतिलाई पकेट क्षेत्र निर्माणका लागि कार्यक्रममा स्थानीयले सरोकारवालाहरुसँग माग गरेको समूहका स्थानीय मोहन कोईरालाले बताउनुभयो ।
कार्यक्रममा वोल्दै विशेष अतिथि कटारी नगरपालिकाका उपमेयर गिता खड्काले मानवीय चेतनाको विकास मूख्य विकास रहेको बताउँदै ढापटारवासीहरुले सचेत भएको बताउनुभयो । एकवडा एक पकेट क्षेत्र अन्र्तगत वडालाई केरा पकेट क्षेत्र बनाउन नगर लागि पर्ने उपमेयर खड्काको भनाई थियो ।
वडाको उक्त ग्रामिण सकडलाई ग्रावेल गर्नका लागि नगरले बजेट छुट्याउने प्रतिवद्धता मेयर राजेशचन्द्र श्रेष्ठले गर्नुभएको पनि स्थानीय मोहन कोईरालाले बताउनुभयो । कार्यक्रममा वोल्दै वडाध्यक्ष नविन्द्र कुमार तामाङ्गले वडामा शिक्षाको विकासका लागि धेरै काम गर्न आवश्यक रहेको वताउनुभयो ।
त्यसैगरी पूर्व वडाध्यक्ष कमल श्रेष्ठले आप्mनो कार्यकालमा सामाजिक संसंस्थाहरु भित्राउन सफल भएको स्मरण गराउँदै साझेदारीले विकासमा सहयोग गरेको बताउनुभयो । कार्यक्रममै कटारी अस्पत्तालका निमित्त मेडिकल सुपरिडेण्टेड डा.गौरब साहले स्वास्थ्य वीमाका विषयमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी हुरेण्डेक उदयपुरका अध्यक्ष शंकर थापाले समूहले उत्कृष्ट कार्य गरिरहेको बताउँदै आगामी दिनमा होमष्टे सहितको सिकाई केन्द्र बनाउन सकिने सल्लाहा दिनुभयो । कार्यक्रममै त्रिवेणी माविका प्रधानाध्यापक वालकृष्ण कार्कीले उक्त क्षेत्र रमणीय रहेकाले यसको विकास साथै शैक्षिक विकासमा जोड दिनुभयो ।