images
images

कटारी , २ स्थित धार्मिक वनमा वृक्षारोपण गरिन्दै

जन्ताभ्वाईस सम्वाददाता
२१ साउन , आईतबार , २०८०
कटारी /कटारी , २ स्थित कमलाघाट धार्मिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । वडा नम्बर २ को वडा कार्यालयको समन्वयमा वन समित र डिभिजन वन कार्यालयको सहयोगमा वृक्षारोपण गरिएको हो ।
वडाध्यक्ष प्रेम थापाका अनुसार प्रत्येक शनिकार नियमित गरिएको वृक्षारोपणबाट हालसम्म ५ सय वढी वोट विरुवाहरु रोपिएको छ । नियमित शनिबार वृक्षारोपण कार्यक्रम गरिने र धार्मिक वन क्षेत्रको संरक्षणसँगै हरियाली निर्माण गरिने पनि वडाध्यक्ष थापाले बताउनुभयो ।
अमला , अम्बा , आँप , लिच्ची ,रुद्राक्ष लगाययतका विभिन्न जातहरुको विरुवाको वृक्षारोपण गरिएको हो । वडाध्यक्ष थापाले समाजका लागि महिनामा एकदिन कार्यक्रम अन्र्तगत वडामा सरसफाई लगायतका वृहत कार्यक्रमहरु गर्ने तयारी समेत भईरहेको जनाउँदै हाललाई श्रमदानमा विरुवा रोपिएको पनि वताउनुभयो । वडाको त्रिवेणीधामसँगै रहेको धार्मिक क्षेत्रमा वृक्षारोपण गरिएको हो ।