images
images

प्रयास कार्कीको अध्यक्षतामा लायन्स क्लव अफ उदयपुर गठन

जन्ताभ्वाईस सम्वाददाता
२१ साउन , आईतबार , २०८०
कटारी /कटारीमा लायन्स क्लव अफ उदयपुर गठन भएको छ । आईतबार क्लवको औपचारिक रुपमा घोषणा तथा पदाधिकारीहरु सार्वजनिक गरिएको छ ।
क्लवको अध्यक्षमा प्रयास कार्की रहनुभएको छ । त्यसैगरी प्रथम उपाध्यक्षमा पुष्कर खड्का र दोस्रो उपाध्यक्षमा जिवनाथ दाहाल रहेका छन् । त्यस्तै सचिवमा धिरज खड्का र कोषाध्यक्षमा विश्वनाथ दास चुनिएका छन् भने क्लवको निर्देशकमा चुलबहादुर आले मगर (अनिल) चुनिनुभएको छ ।
क्लवको सदस्यहरुमा अम्बरबहादुर रायमाझी , राजेशचन्द्र श्रेष्ठ , गिता खड्का ,तुलसीराम चौलागाई , भानु गिरी , सुनिलदत्त साह , रामकुमार खत्री , रविन्द्रबहादुर खड्का रहेका छन् । २१ सदस्यिय समितिको अन्य सदस्यहरुमा अभिमन्यु लामिछाने , रुक्जा राई , शुसिला राउत , शान्तिशोभा श्रेष्ठ , भूपेन्द्रसिंह तामाङ्ग ,हिरालाल अधिकारी दनुवार , र रामेश्वर बराल रहेका छन् ।
क्लबको सार्वजनिककरण पदस्थापना पश्चात वोल्दै क्लवका अध्यक्ष कार्कीले क्लवमा सवैलाई जोड्दै जाने बताउनुभयो । समाज प्रतिको उत्तरदायित्व वहन गर्न क्लव गठन गरिएको अध्यक्ष कार्कीको भनाई छ ।
१ सय ५ वर्ष अघि अमेरिकाको सिकागोमा गठन भएको सामाजिक सेवा र शान्ति स्थापना गर्ने उद्येश्यले गठित संस्थामा हाल विश्वभरका १४ लाख सदस्य रहेका छन् । नेपालमा १९७१ मा विराटनगरमा पहिलो क्लव मातृका प्रसाद कोईरालाले गठन गर्नुभएको थियो ।