जन्ताभ्वाईस सम्वाददाता
१८ साउन ,विहिबार , २०८०
कटारी /कटारी–३ राजावासका स्थानीयवासीले फोहोर विसर्जन स्थल डम्पिङ्ग साईटमा फोहर फाल्न तेस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहोर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले विहिबारदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् । यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि ६ महिनाका लागि स्थानीयले फोहोर फाल्न दिएका थिए । १५ दिनको समय दिएर फोहोर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै ६ महिना अघि फोहोर फाल्न रोक लगाएका थिए । यसअघि १९ मङ्सिरमा फोहोर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए ।
विभिन्न सहमति सहित ६ महिनामा समस्या समाधान गर्ने सहमति पछि फोहोर फाल्न ६म हिना समय दिएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न नदिएको स्थानीय देव ढुंगेलले बताउनुभयो । राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारी का अनुसार यस अघि ज्ञापनपत्रमा गतसालको पुस १ गतेदेखि फोहर फाल्न नदिने अल्टिमेटम दिइएको थियो । पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहोर फाल्न रोक लगाइएकोमा फेरी ६ महिनाको समय दिईएको र उक्त समयमा पनि समस्या समाधान नभएपछी विहिबारदेखि फोहोर फाल्न रोक लगाईएको पनि ढुंगेलले बताउनुभयो ।


जनता भ्वाइस 







