
जन्ताभ्वाईस सम्वाददाता
१५ साउन , सोमबार , २०८०
कटारी /सवारी दुर्घटना न्युनिकरण गर्ने उद्येश्यले ट्राफिक प्रहरी पोष्ट कटारीले चेकजाँचमा कडाई गरेको छ । प्रहरी पोष्टले कटारीको मदन भण्डारी राजमार्ग लगायत आसपासका सडक खण्डहरुमा छड्के तथा नियमित चेकजाँचलाई कडाई गरेको हो ।
बढ्दो साना ठुला सवारीसाधनहरुको चापसँगै दुर्घटनाको जोखिम बढ्ने भएकाले चेकजाँचमा कडाई गरिएको प्रहरी पोष्टका ईन्चार्ज सहायक प्रहरी निरिक्षक मनोज श्रेष्ठले बताउनुभयो । चेकजाँचका क्रममा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई कार्वाही गर्दा दैनिक १७ हजार हाराहारीमा राजश्व संकलन हुने गरेको पनि ईन्चार्ज श्रेष्ठले बताउनुभयो ।
आउजाउका समयमा आवश्यक कागजात साथमा लिएर नहिंड्ने तथा ट्राफिक नियमको पालना नगर्ने गरिएका पाईएको पनि पोष्टले जनाएको छ । साथै पोष्टले ट्राफिक नियमको पालना गर्ने तथा आवश्यक कागजात लिएर र सुरक्षित किसिमले यात्रा गर्न पनि आग्रह गरेको छ ।