images
images

मृत्यु संस्कार गर्ने वेंसी घर निर्माण गर्दै दनुवार समुदाय , कुनै निकायले सहयोग नगरेको गुनासो

जन्ताभ्वाईस सम्वाददाता
१४ साउन , आईतबार , २०८०
कटारी /कटारी नगरपालिका वडा नम्बर ४ का राई दनुवार समुदायले आप्mनै पहलमा मृत्यु संस्कारको अन्तिम दिन शुद्ध हुने संस्कार गर्ने वेंसी घर निर्माण सुरु गरेका छन् ।वडाको तित्रीबोट स्थित मरुवा खोला र ककरुखोलाको दोभानमा उनीहरुले मृत्यु संस्कार गर्ने घरको निर्माण सुरु गरेका हुन् ।
दनुवार एकता समाजका सल्लाहाकार मोहन दनुवारका अनुसार दनुवार समुदायले मृत्युपछी गर्ने संस्कारका लागि आवश्यक घर निर्माणका लागि कुनै पनि निकायले सहयोग नगरेपछी आपैm समुदायभित्र सहयोग संकलन गरी घर निर्माण सुरु गरेका हुन् । घर निर्माणका लागि स्थानीय ५ दाजुभाई रहेको रमेश दनुवारको दाजुभाईहरुले ऐलानी १ कट्ठा बढी जग्गा उपलब्ध गराएका छन् ।
यस अघि पूर्व वडाध्यक्ष कृष्णराज दनुवार र पूर्व जिल्ला समन्वय समितिका सदस्य चिनवीर दनुवारलाई पटक पटक घर निर्माणका लागि सहयोगबारे आग्रह गर्दा पनि सहयोग नपाएको र हाल पनि स्थानीय निकायबाट सहयोग नपाएको समाजका सल्लाहाकार दनुवारले बताउनुभयो ।
वेंसी घर निर्माणपछी यहाँका तित्रीबोट , जहडी , सिम्लेका तीनसय वढी दनुवार घरपरिवारलाई मृत्यु संस्कार गर्न सहज हुनेछ । पिल्लर ढलान गरीएको र जस्ता लगाउने गरी झण्डै सात लाख अनुमानित खर्चको अनुमान गरिएपनि हाल रकम अभावमा समुदाय भित्र स्वईच्छाले सहयोग संकलन गरी घर निर्माण सुरु गरिएको हो ।
घर निर्माणका लागि समुदायले जनश्रमदान समेत गरिरहेका छन् । आवश्यक रकम अभाव भएकाले निर्माण नसकिने हो की भन्ने चिन्ता समेत समुदायलाई छ । निर्माणका लागि विनोद दनुवारको अध्यक्षता र हरिकष्ण दनुवार सचिव रहेको समितिले काम गरिरहेको पनि सल्लाहाकार मोहन दनुवारले बताउनुभयो ।दनुवार समुदाय कटारीको आदिवासी समुदाय हो ।