जन्ताभ्वाईस सम्वाददाता
१४ साउन , आईतबार , २०८०
कटारी /कटारी स्थित सगरमाथा हस्पिटल प्रालिमा उपचारका लागि आएका एकजना महिलामा डेंगी पुष्टि भएको छ । अस्पत्तालका प्रमुख डाक्टर दिपेश परसैलाका अनुसार कटारी वडा नम्बर ३ का ६५ वर्षिय महिलामा डेंगी पुष्टि भएको हो ।
ज्वरो आउने विरामी भएपछी अस्पत्ताल आएकी महिलालाई डेंगी परिक्षण गर्दा पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको र आवश्यक उपचार र औषधि सहित घर पठाएको पनि डाक्टर परसैलाले बताउनुभयो ।
यस अघि ३ वर्ष अघि समेत कटारीमा डेंगी संक्रमण वढेको थियो । त्यतिवेला सुरुमा फाट्टफुट्ट देखिएको डेंगी पछी धेरैमा देखिएकाले यसपटक पनि सचेत हुन आवश्यक रहेको डाक्टर परसैलाले बताउनुभयो ।
कटारी अस्पत्तालमा यस अघि धरानबाट आएका कटारी ८ का एक युवामा डेंगी पुष्टि भएको थियो । तर सगरमाथा अस्पत्तालमा भने कटारीकै रहेकी महिलामा डेंगी पुष्टि भएको हो । कटारीमा डेंगी देखिएपछी सर्तकता अपनाउन आग्रह गर्दै कटारी नगरपालिकाले जनचेतनामूलक शन्देसहरु समेत स्थानीय रेडियोमा प्रशारण तथा बजार आसपासमा माईकिङ गरिरहेको छ ।
त्यसैगरी कटारी ३ को फोहोर विर्सजनस्थलमा फगिङ गरी लामखुट्टे नष्ट गर्ने अभियान समेत सुरु गरिसकेको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको जोखिमबाट वच्न लामखुट्टेको टोकाईबाट बच्नु पर्ने चिकित्सकहरु बताउँछन् ।


जनता भ्वाइस 







