images
images

धरानमा डेंगीका कारण कटारीका एक पुरुष सहित थप ५ जनाको मृत्यु

जन्ताभ्वाईस सम्वाददाता
१२ साउन , शुक्रबार , २०८०
कटारी /बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता कटारीका एक २९ वर्षिय पुरुष सहित थप ५ जनाको मृत्यु भएको जनाएको छ । डेंगी संक्रमणबाट साउन १० गते कटारीका पुरुषको मृत्यु भएको जनाएको हो । उदयपुरको कटारी बस्ने पुरुषको हिप ज्वाइन्टको शल्यक्रिया पछि ज्वरो आएर जाँच गर्दा डेंगी पोजिटिभ देखिएको थियो ।
डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो ।
प्रतिष्ठानको डेंगी अस्पतालमा हालसम्म ५४ जना उपचारका लागि भर्ना भएका थिए । तीमध्ये ३७ जनालाई डिस्चार्ज दिइएको सहप्रवक्ता डा पोखरेलले बताउनुभयो । उहाँका अनुसार डेंगी संक्रमण भएर उपचारका लागि आउने बिरामी डेंगी क्लिनिक र बीपी प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा चाप दिनदिनै बढेको छ ।

समाचार स्रोत ईकान्तिपुर https://ekantipur.com/pradesh-1/2023/07/28/16905401915636433.html