जन्ताभ्वाईस सम्वाददाता
९ साउन , मंगलबार , २०८०
कटारी/ कटारी नगरपालिका भित्रका सदा मुसहर समुदायबाट यस वर्षको एसईईमा उत्तीर्ण हुन सफल एकमात्र विद्यार्थी हिमाल सदा मुसहरलाई कटारी नगरपालिकाले निशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । कटारी ५ का श्याम सदा मुसहरको छोरा हिमालले भोर्ले माविबाट सिप्लस ल्याएर एसईई उत्तीर्ण गरेका हुन् ।
हिमाललाई कटारी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा उपमेयर गिता खड्काले वधाईका साथै त्रिवेणी माविमा निशुल्क कक्षा ११ मा अध्ययन गर्ने छात्रवृत्ती प्रदान गरेका हुन् । सवै पढाई निशुल्क साथै आवश्यक पोशाकहरु समेत सहयोग गर्ने प्रतिवद्धता मेयर श्रेष्ठले जनाउनुभएको छ ।


जनता भ्वाइस 







