images
images

१६ वर्ष मुनिको फुटबल खेलका लागि छनौट भएकालाई वधाई तथा शुभकामना

९ साउन , मंगलबार , २०८०
कटारी /अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा १६ वर्ष मुनिको प्रदेश स्तरीय फुटबलका लागि छनौट भएका कटारी नगरपालिकाका खेलाडीहरुलाई नगरपालिकाले वधाई तथा शुभकामना दिएको छ । मंगलबार नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का तथा वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्गले वधाई तथा शुभकामना दिएका थिए ।
कटारीबाट १६ वर्ष मुनिको प्रदेश स्तरीय खेलका लागि ऋतिक धामी , सुदिप बुढाथोकी , विजय दनुवार , अमिर थापा र अनुप राई छनौटमा परेका छन् । वधाई तथा शुभकामना कार्यक्रममा प्रशिक्षक रोहन जोशीलाई पनि खादा ओढाएर बधाई दिईएको थियो । बधाई दिंदै उनीहरुलाई खेल क्षेत्रमा नगरपालिकाको नाम राख्ने गरी प्रगति सहित शुभकामना दिईएको थियो ।