images
images

राइजिङ्ग स्टार कटारीको पहिलो अडिसनबाट २० जना मेगा अडिसनका लागि छनौट

जन्ताभ्वाईस सम्वाददाता
७ साउन , आईतबार , २०८०
कटारी /लामो समयको अन्तराल पछि उदयपुरको कटारीमा गायन र नृत्य प्रतियोगिताको रुपमा राईजिङ्ग स्टार कटारीको आयोजना भएको छ। जसको पहिलो अडिसन बाट २० जना छनौट भएका छन् । कटारी स्थित उदयपुर उधोग वाणिज्य संघको सभाहलमा आयोजित पहिलो अडिसनमा करिब २८ जनाको सहभागिता मध्ये २० जनालाई मेगा अडिसनका लागि छनौट गरिएको आयोजक संस्था ताल डान्स हाउसका संचालक तथा विङ्गस इन्टरटेन्मेन्टका निर्देशक एमजे मिथुनले जनाकारी दिएका छन् ।

छनौट ह्ुनेमा गायन तर्फ कटारी ३ बाट क्रमशः आहना श्रेष्ठ, आश्था साह, मिनुमाया परियार, दिप्शिखा नान्जु श्रेष्ठ भएका छन भने कटारी वडा नं ४ बाट प्रतिभा गदाल र कटारी ९ बाट आकृती श्रेष्ठ रहेका छन। त्यसै गरि नृत्य तर्फ कटारी वडा नं ३ बाट दिप्ती नान्जु श्रेष्ठ, एन्जल यादव, वडा नं ४ बाट अनुशा थापा, गृश्मा दहाल, एलिना चौधरी, मोसा सुनुवार, शिखा मगर, विनिता सुनुवार, विविशा थापा, सुष्मा तामाङ, वडा नं १० बाट अनिशा परियार र ओम कुमार मगर र कटारी ११ बाट निर्मला राना मगर छनौट भएका छन् ।

अडिसनमा उदयपुरका वरिष्ठ गायक चन्द्र तामाङ तथा स्थानिय नृत्य प्रशिक्षक किरण राईले निर्णायकको भुमिका निर्वाह गरेका थिए । वर्षे विदाका कारण विद्यालय बन्द रहेकाले सहभागिहरुको उपस्थिती कम रहेको र वाकि सहभागिहरुको सुविधाका लागी दोश्रो अडिसन श्रावनको तेश्रो साता आयोजना गरिने आयोजकले जनाएको छ।