images
images

कटारीका दिनेश केसी नेपाल वास्केटबल संघ कोशी प्रदेश सदस्यमा चयन

जन्ताभ्वाईस सम्वाददाता
५ साउन , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिका , ५ का दिनेश केसी नेपाल वास्केटबल संघ कोशी प्रदेश सदस्यमा चयन भएका छन् । केसीलाई संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाडौंले प्रदेश सदस्यमा नियुक्ति दिएको हो ।

प्रदेश सदस्यमा नियुक्त भएसँगै केसीले वास्केटबल खेलप्रति आकर्षण बढाउने योजना सहित अगाडि बढ्ने बताउनुभयो ।खेलाडीहरुले झेल्दै आएको भौतिक पूर्वाधारका समस्या देखि प्रशिक्षण र प्रतिष्पर्धाका लागि राम्रो वातावरण निर्माण गर्ने पनि उहाँले बताउनुभयो ।