images
images

दुधौलीमा लघुवित्त खारेजीको माग सहित प्रदशर्न

जन्ताभ्वाईस सम्वाददाता
५ साउन , शुक्रबार , २०८०
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा लघुवित्त विरुद्ध शुक्रबार प्रदशर्न गरिएको छ । दुधौलीका लघुवित्त पीडितहरुले लघुवित्त खारेजीको माग गर्दै दुधौली बजार परिक्रमा गरेका थिए ।
लघुवित्त खारेज गर , आत्महत्या नगरौं , घरगाउँ छोडेर नभागौ ,भन्ने नाराका साथ उनीहरुले प्रदशर्न गरेका हुन । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सिन्धुलीको आयोजनामा उनीहरुले प्रदर्शन गरेका हुन् ।
विभिन्न नाराको प्लेकार्ड , र्याली सहित दुधौली बजार परिक्रमा गरी उनीहरुले नगरपालिकाका प्रवक्ता दिपक खड्कालाई ज्ञापन पत्र बुझाउँदै लघुवित्त खारेजीको माग गरेको अभियानका नेतृत्वकर्ता बर्माबहादुर विश्वकर्माले बताउनुभयो । ज्ञापन पत्र बुभ्mदै प्रवक्ता खड्काले दुधौलीमा पनि लघुवित्तबाट धेरैजना पीडित भएकाले यसको विषयमा नगरले चासो लिईरहेको बताउनुभयो ।
ज्ञापन पत्र बुझेपछी झनै गम्भिर भएर यस विषयमा लघुवित्तहरुसँग छलफल गर्ने पनि प्रवक्ता खड्काले बताउनुभयो । अभियानका केन्द्रीय सचिवालय सदस्य विजय थापाको प्रमुख आतिथ्यता र उदयपुर अभियन्ता निशान राईको विशेष आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
नव सामन्तिका रुपमा उदाएका वैंक तथा मिटरज्याजी , वित्तिय संस्थाहरुको ज्यादती विरुद्ध देशभर एकजुट हुने कार्यक्रम जारी रहेको केन्द्रिय सचिवालय सदस्य थापाले बताउनुभयो ।