जन्ताभ्वाईस सम्वाददाता १ साउन , साेमबार ,२०८० कटारी / ताल डान्स हाउसको आयोजनामा कटारीमा यही श्रावण ५ गते देखी नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । संस्थाको १० औ वार्षिकोत्सवको सन्दर्भ पारेर नृत्य तथा गायन प्रतियोगिताको रुपमा राइजिङ्ग स्टार कटारी आयोजना गर्न लागिएको संस्थाका संचालक एवं नृत्य निर्देशक एमजे मिथुनले जानकारी दिनुभयाे।
उक्त प्रतियोगितामा विद्यालय तथा वाह्य तहका सबै वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन् । प्रतियोगितमा राष्ट्रिय भावका वा शिष्ट गीतमा नेपालको प्रचलित सबै भाषामा एकल प्रस्तुतिलाई मात्र प्रतियोगितामा सहभागी गराउन सकिनेछ ।
श्रावण ५ गतेदेखि हुने अडिसनक लागि कटारी नगर स्थित सम्पुर्ण सम्भावित विद्यालय तथा प्रशिक्षण केन्द्रहरुबाट सहभागी जनाउने आयोजकले जनाएकाे छ। आयोजकका अनुसार प्रतियोगिता संगै छनौट भएका सहभागिहरुलाई विशेष प्रशिक्षण कार्यशाला समेत प्रदान गरिने छ।
नगर क्षेत्रमा रहेका बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा देखाउने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ प्रतिभाको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिका तथा युवाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले राइजिङ्ग स्टार कटारीको आयोजना गरिएको हो ।
प्रतियोगितामा विजेतालाई नगद पुरस्कार संगै उच्च शिक्षाकालागि छात्रबृत्ति समेत प्रदान गरिनुका साथै जिल्ला तथा अन्य स्तरिय प्रतियोगिताहरुका लागि पनि सहभागि गराउने आयोजकले बताएका छन् । प्रतियोगिताको प्रस्तुतीकरण र व्यवस्थापन विङ्गस इन्टरटेन्मेन्टले गर्ने भएको छ।


जनता भ्वाइस 








