images
images

नेपाल वास्केटबल संघ उदयपुरको अध्यक्षमा विबेक खड्का चयन

जन्ताभ्वाईस सम्वाददाता
२९ असार , शुक्रबार , २०८०
कटारी /नेपाल वास्केटबल संघ उदयपुरको अध्यक्षमा विबेक खड्का (सैतान) चयन हुनुभएको छ । कटारी , ४ का खड्कालाई वास्केटबल संघ केन्द्रिय कार्यालय त्रिपुरेश्वर , काठमाडौंले उदयपुर अध्यक्षमा नियुक्ति दिएको हो ।
खेलकुदप्रेमी खड्काले अध्यक्षको नियुक्ति पाएसँगै वास्केटवल खेलाडीहरुको समस्यालाई ध्यानमा राखेर यसको विकासमा लागि पर्ने बताउनुभयो । समितिको उपाध्यक्षमा नविन कटुवाल , सचिवमा रामकुमार कार्की (सुमित ) , कोषाध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिपेश खत्री , चेतन पोखरेल , सुदिप खड्का , सुदिप राई र लक्ष्मीकुमार विष्ट चयन भएका छन् ।