images
images

मुक्तिनाथ विकास वैंकको सहयोगमा उदयश्री क्याम्पसमा सिसिटिभी जडान

भावना थापा
२८ असार , विहिबार , २०८०
कटारी/ मुक्तिनाथ विकास वैंक कटारी शाखाले उदयश्री बहुमूखी क्याम्पस कटारीलाई चारथान सिसिटिभी क्यामेरा जडान गरी हस्तान्तरण गरेको छ । वैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत क्याम्पसलाई सिसिटिभी जडान गरी हस्तान्तरण गरिएको हो ।
वैंकका कटारी शाखा प्रवन्धक यज्ञराज कार्कीले बिहिबार क्याम्पस प्रमुख मुकेश थापालाई सिसिटिभी क्यामेरा हस्तान्तरण गर्नुभएको हो । कटारी क्षेत्रमा विगतका वर्षहरुबाट नै सामाजिक क्षेत्रमा कार्यहरु वैंकले निरन्तर गर्दै आएको बताउँदै शाखा प्रवन्धक कार्कीले सामाजिक उत्तरदायित्व अन्र्तगतकै कार्यक्रमबाट क्याम्पसलाई सिसिटिभी जडान गरिदिएको बताउनुभयो ।
सिसिटिभी जडान भएपछी क्याम्पस परिसर भित्र हुनै दैनिक गतिविधि तथा कृयाकलापहरु प्रत्यक्ष अवलोकन गर्न सकिने भएको छ । वैंकले ४ थान सिसिटिभी क्यामेरा , १ थान मोनिटर र १ टिभी हार्डडिक्स सहित सेट नै सहयोग गरिदिएको बताउँदै क्याम्पस प्रमुख थापाले वैंकलाई धन्यवाद दिनुभयो ।