जन्ताभ्वाईस सम्वाददाता
२६ असार , मंगलबार , २०८०
कटारी / कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ८५ दशमलव ७७ प्रतिशत खर्च प्रगति गरेको छ । जसमा चालू खर्च अन्तर्गत ८८ दशमलव ३६प्रतिशत र पुजिंगत तर्फ ७७ दशमलव ८३प्रतिशत रहेको छ ।
यसै गरि आर्थिक विकासमा ७५दशकमव १३प्रतिशत , सामाजिक विकासमा ९०दशमलव १७ प्रतिशत , पुर्वाधार विकासमा ७७ दशमलव ७०प्रतिशत , सुशासनमा ८९दशमवल ६५प्रतिशत र प्रशासनिक तर्फ ८०दशमलव ९४ प्रतिशत खर्च भएको छ । कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९।८० का लागि ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैंयाको वार्षिक नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि भने कटारी नगरपालिकाको ११ औं नगर सभाले १० असारमा २०८०÷८१ का लागि ८३ करोड ८६ लाख ७८ हजार ५ सयको बजेट सार्वजनिक गरिसकेको छ ।


जनता भ्वाइस 








