images
images

एसिया यु–२० रग्बी च्याम्पियनसिपमा कटारीका ४ खेलाडी

जन्ताभ्वाईस सम्वाददाता
२५ असार , सोमबार , २०८०
कटारी / आगामी भदौ २ र ३ गते काठमाण्डौमा हुने एसिया यु–२० रग्बी च्याम्पियनसिपको टोलीमा उदयपुरको कटारीबाट ४ जना खेलाडीले स्थान बनाएका छन् । नेपाली राष्ट्रिय टोलीमा कटारी नगरपालिकाका पुरुषतर्फ २ र महिला तर्पm २ खेलाडीले प्रारम्भिक २० खेलाडीमा स्थान बनाएका हुन् ।
पुरुषतर्फ कटारी वडा नंम्बर २ का नविन बहादुर मगर र वडा नंम्बर ४ का प्रशान्त कामती तथा महिला तर्पm कटारी वडा नंम्बर २ की सुशिला सुनुवार र वडा नंम्बर ४ की कमला राई प्रारम्भिक २० मा परेको कोशी प्रदेश रग्बी संघका अध्यक्ष बिनोद कटुवालले जानकारी दिनुभयो ।
गत आइतबारदेखि पोखरामा भएको छनौट खेलमा सहभागि महिला तथा पुरुष ३५–३५ खेलाडीबाट २०–२० खेलाडीको नाम सार्वजनिक गरिएको हो । छनौट भएका खेलाडीबाट अन्तिम १५ जना खेलाडीको छनोट गरिनेछ । प्रतियोगिताको बन्द प्रशिक्षण पोखरामा हुने बताईएको छ ।