images
images

मन्त्री नपाएपछी राजीनामा गर्ने बारे छलफल गरिरहेको उदयपुर २ को क बाट निर्वाचित माओवादी संसद नारायण बुर्जा मगर

-ऋषि राई
२४ असार , आईतबार , २०८०

कटारी /उदयपुरको क्षेत्र नम्बर २ प्रदेश सभा क बाट दोस्रो पटक विजयी भई प्रदेश सभा सदस्य भएपनि मन्त्री बन्नबाट वञ्चित भएको भन्दै प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले राजिनामा दिने बारे छलफल गरिरहेको बताउनुभएको छ । माओवादी केन्द्रबाट निर्वाचित मगरले सामाजिक संञ्जाल फेसबुकमा लेख्दै निर्वाचित गराउने सवैलाई धन्यवाद सहित यस क्षेत्रका जनतामा ठूलो अन्याय भएको महशुस गरेको उल्लेख गर्नुभएको छ ।
आईतबार मन्त्री मण्डल विस्तारहुँदा समावेशी नभएको र यो पार्टीको नीति , सिद्धान्त र पद्धति बाहिरको कुरा भएकाले जनताको सल्लाहामा राजीनामा दिन तयार रहेको उल्लेख गर्नुभएको छ ।
पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्बन गर्न कसकेको भन्दै मगरले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको उल्लेख गर्नुभएको छ ।

माओवादी निकट एक सांसदका अनुसार शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि मगर वञ्चित हुनुभएको हो ।
यसै क्षेत्रको प्रदेश सभा ख बाट निर्वाचित काँग्रेसका रामकुमार खत्री मन्त्री बनेपछी भूगोलको हिसाबमा मगरलाई वञ्चित गरिएको हो । दोस्रो पटक निर्वाचित बनेका मगर मन्त्री बन्ने चर्चाका वीच प्रदेश सभा ख का कार्की मन्त्री बन्नुभयो ।