images
images

अब कटारीको त्रिवेणी माविबाटै विज्ञान संकाय पढाई हुने

-भावना थापा
२२ असार , शुक्रबार , २०८०
कटारी / उदयपुरको कटारी नगरपालिकामा अव विज्ञान विषय पनि पढाईने भएको छ । नगरपालिकाको त्रिवेणी माध्यमिक विद्यालयमा अब विज्ञान बिषय पनि पढाइने भएको हो ।
कटारी नगरपालिकाले यसै शैक्षिक शत्रबाट थप बिषय पढाउन अनुमति दिएकाले विज्ञान विषय पढाउन लागिएको हो । यस अघि शिक्षा, समाजशास्त्र, बाणिज्यशास्त्र र कृषी विज्ञान पढाइ भइरहेको विद्यालयमा अब भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बिषय पढाइने भएको हो ।
नगर शिक्षा समितिको यहि असार २० गतेको वैठकको निर्णय अनुसार यसै शैक्षिक सत्रबाट त्रिवेणीमा माविमा विज्ञान विषय अध्ययन अध्यापनका लागि नगरपालिकाले अनुमति दिएको हो । विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा विज्ञान संकायमा पठन पाठन हुने जानकारी गराउनुभएको छ ।
विज्ञान विषय पढाई हुने भएपछि कटारी नगरपालिकाका मेयर राजशेचन्द्र श्रेष्ठले कटारीका सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुखहरुसँग समेत छलफल गर्नुभएको छ । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगरको गौरव योजनामा राख्दै विज्ञान संकाय विस्तार कार्यक्रमका लागि १५ लाख बजेट समेत छुट्याईसकेको छ ।
यस अघि यस क्षेत्रका विद्यार्थीहरुलाई विज्ञान संकाय अध्ययन गर्न अन्यत्र जानुपर्ने वाध्यता थियो । कटारीमै विज्ञान संकाय पढाईहुनेभएपछी कटारी नगरपालिकाका साथै आसपासका पालिकाका विद्यार्थीहरुलाई समेत सहज हुने भएको छ ।