भावना थापा
२२ असार , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिका ४ का साहित्यकार भिम पौडेल “घाँसे” को उपन्यास “झड्केलो छोरो” सार्वजनिक भएको छ । घाँसेको उपन्यास झड्केलो छोरो केहि दिन अघि गाइघाट स्थित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विमोचन गर्नुभएको थियो ।
८२ पेज रहेको उपन्यासमा १३ अध्याय रहेका छन । उपन्यास माथि साहित्यकार पुन्य कार्की र डा.कैलाश कुमार राईले समिक्षा गरेका छन । उपन्यासको समिक्षा गर्दै साहित्यकार पुन्य कार्कीले सौतेनी छोराछोरीलाई अपमान र उत्पीडनमा नराखि मानविय व्यबहार गर्नुपर्ने र समान व्यवहार गरि उनीहरुको सम्भावना लाई उजागर गर्नु पर्ने सन्देश उपन्यासले दिएको उल्लेख गर्नुभएको छ ।
त्यसैगरि डा.कैलाश कुमार राईले उपन्यासमा नेपाली ग्रामिण समाजको यथार्थ मर्मस्पर्शी कथा अभिव्यक्त गरिएको उल्लेख गर्नुभएको छ । उपन्यास पठनिय र सराहनिय रहेको पनि डा. राईले उल्लेख गर्नुभएको छ ।
उपन्यासकार घाँसेका अनुसार यो उपन्यास १२ बर्ष अगाडि नै लेखिएको हो । बिविध समस्याका कारण एक दशक पछि प्रकाशनमा आएको हो । उपन्यासकार घाँसेले यस अघि रविमाला कविता संग्रह पाठक सामु ल्याइसक्नुभएको छ ।
बिशेष गरि छन्द साहित्यमा रुचि भएका साहित्यकार घाँसे प्रगतिशिल लेखन संघ, उदयपुरका जिल्ला सदस्य तथा उदयपुर कला साहित्य प्रतिष्ठानका संस्थापक सदस्य पनि रहनुभएको छ ।नेपाली साहित्यमा ग्रामिण भेगमा रहेर पनि निरन्तर कमल चलाईरहेका स्रष्टा घाँसेले आप्mनो उपन्यास पढेर प्रतिकृया दिन पनि पाठकहरुलाई आग्रह गर्नुभएको छ ।


जनता भ्वाइस 







