images
images

कटारी नगरपालिका पूर्ण खोप सुनिष्चितता भएको घोषणा

जन्ताभ्वाईस सम्वाददाता
१७ असार,आईतबार , २०८०
कटारी/ कटारी नगरपालिकालाई पूर्ण खोप सुनिष्चितता भएको घोषणा गरिएको छ । आईतबार नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ , उपमेयर गीता खड्का ,प्रमुख प्रशासकीय अधिकृत अनिल किराती लगायतका सरोकारवालाहरुको उपस्थितिमा एक कार्यक्रम गरी नगरपालिकालाई पूर्ण खोप सुनिष्चितता भएको घोषणा गरिएको हो ।
कार्यक्रमसँगै सरकोरवालाहरुले प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् । प्रतिवद्धता अनुसार नगरभित्रका १५ महिनाका सवै वालवालिकाहरुलाइे खोप लगाईने छ । त्यसैगरी घोषणा गरिएको १७ असारलाई वर्षेनी विभिन्न कार्यक्रम गरी खोपको सुनिष्चितता तथा दिगोपनामा नगरपालिका सदैव तयार रहनेछ ।
नेपाल सरकारले दिएको खोप सवैले पाउनुपर्ने नैसर्गिक अधिकार भएकाले यसमा सवै पक्षले ध्यान दिनुपर्ने पनि प्रतिवद्धतामा उल्लेख गरिएको छ ।स्थानिय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिष्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।