images
images

संसद रायमाझीद्वारा कटारी अस्पत्तालको अनुगमन

जन्ताभ्वाईस सम्वाददाता
१६ असार , शनिबार , २०८०
कटारी / प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले शुक्रबार कटारी अस्पत्तालको अनुगमन गर्नुभएको छ । अस्पत्तालको अनुगमन गर्दै संसद रायमाझीले यसलाई स्तरउन्नती गर्न थप पहल गर्ने बताउनुभयो ।
हालको अवस्था सुधारउन्मुख भएकाले यसलाई थप स्तरउन्नती गर्न आप्mनो तर्पmबाट पहल गर्ने संसद रायमाझीको भनाई थियो । कटारी अस्पत्तालको उपकरण , उपचार सेवा लगायतको अवस्थाका वारेमा जानकारी लिंदै संसद रायमाझीले यस अस्पत्ताल महत्वपूर्ण भएकाले यसको लागि आप्mनो तहबाट विकासका लागि पहल गर्ने बताउनुभयो ।
कटारी वडा नम्बर ४ का अध्यक्ष तथा अस्पत्ताल विकास समितिका अध्यक्ष भूपेश लामाले अस्पत्तालका ठूला समस्याहरु समाधानका लागि संसदले पहल गरिदिनुपर्ने बताउनुभयो ।संसद रायमाझीले यस अघि प्रतिनिधि सभामा समेत कटारी अस्पत्तालको स्तरउन्नती र विकासका लागि सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो ।