जन्ताभ्वाईस सम्वाददाता
१४ असार , विहिबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ८ का दुई बिद्यालयका २०० बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । आज नेपाल मानव धर्म सेवा समिती शाखा आश्रम कटारीले श्री बिरेन्द्र आधारभूत बिधालय सिरिसेका १५९ र श्री रुपैरानी आधारभूत बिधालय आहालेका ४१ बिद्यार्थी लाई कापी र कलम बितरण गरिएको हो । नेपाल मानव धर्म सेवा समितीको महान शिक्षा अभियान अन्तर्गत शैक्षिक सामाग्री बितरण गरिएको कटारी आश्रम प्रभारी महात्मा श्री उषा बाइजीले बताउनु भयो ।


जनता भ्वाइस 







