जन्ताभ्वाईस सम्वाददाता
१४ असार ,विहिबार , २०८०
कटारी /राष्ट्रिय वृक्षारोपण दिवशको अवसरमा विहिबार कटारीमा पनि वृक्षारोपण गरिएको छ । विहिबार डिभिजन बन कार्यालय त्रिवेणी कटारीको सहयोगमा कटारी ३ स्थित किरातेश्वर मन्दिर आसपास वृक्षारोपण गरिएको हो ।
‘सन्ततिका लागि सोचौ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ ईन्टरनेशनल फरेष्टी स्टुडेण्ड युनियन(आईएफएसए) , कटारी र वी बायोडेरेसेट्टी कन्र्सनेसन (डब्लुविसी )कटारीको आयोजनामा वृक्षारोपण गरीएको हो ।वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीहरुको समूहले आयोजना गरेको वृक्षारोपणमा विद्यार्थीहरु तथा वन कर्मचारी , प्रहरी , ट्राफीक प्रहरी ,लगायतले वृक्षारोपण गरेका थिए ।
वृक्षारोपणमा वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध कुमार साहको समेत उपस्थिति रहेको थियो ।उनीहरुले मन्दीर परिसरमा विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरेका थिए ।


जनता भ्वाइस 







