images
images

उदयपुरगढीको आगामी बजेट ८० करोड २७ लाख ४४ हजार ५ सय

-भावना थापा
१२ असार , मंगलबार , २०८०
कटारी /उदयपुरको उदयपुरगढी गाँउपालिकाले १५ औँ गाँउसभा अधिवेशन आइतबार सम्पन्न गरेको छ । सोमबार उदयपुरगढी गाउँपालिकाले प्रेश बिज्ञप्ती जारि गरि सो कुराको जानकारि दिएको हो ।
गाउसभाका अध्यक्ष मान बहादुर केप्छाकी मगरद्धारा २०८०÷८१ को बार्षीक निति तथा कार्यक्रम पेश भई सभाबाट स्वीकृत भएपश्चात बजेट पेश भएको हो । आइतबार बसेको सभाका दोस्रो बैठकमा गाँउपालिका उपाध्यक्ष एवं सभाका सदस्य जित बहादुर खड्काले आगमि आर्थिक बर्ष २०८०÷८१ को लागि ८० करोड २७ लाख ४४ हजार ५ सय रुपैयाको बजेट पेश गर्नुभएको थियो ।
कुल बजेटको पुँजिगत तर्फ २५ करोड ९० लाख २९ हजार अर्थात ३२.२६% र चालु तर्फ ५४ करोड ३७ लाख १५ हजार ५ सय अर्थात ६७.६४% रहेको छ । सभा बाट बजेट सम्वद्ध आर्थिक ऐन २०८० र विनियोजन ऐन २०८० समेत स्वीकृत भएको विज्ञप्तीमा जनाइएको छ ।
प्रस्तुत बजेटले छरीने टुक्रे खालका बजेट भन्दा योजनालाई प्राथमिकता दिदै दिर्घकालिन बिकाशको लक्ष्य लिएको जनाईएको छ । उक्त बजेटमा नेपालटार उदयपुरगढि सडक कालोपत्रे, वडावडामा शिविर घरघरमा स्वास्थ्य जस्ता लोकप्रीय कार्यक्रमहरु समेटिएको पनि प्रेश विज्ञप्तीमा उल्लेख छ ।