जन्ताभ्वाईस सम्वाददाता
१२ असार ,मंगलबार , २०८०
कटारी /कटारी नगरपालिका , ३ स्थित धार्मिक पर्यटकीय स्थल महादेव गुफालाई स्नानगृह तथा शौचालय निर्माणका लागि कृषि विकास वैंक लिमिटेडले २ लाख ५० हजार सहयोग गरेको छ । वैंकले आईतबार गुफा परिसरमै एक कार्यक्रमका वीच सहयोग चेक हस्तान्तरण गरेको हो ।
वैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारलाई चेक हस्तान्तरण गर्नुभएको थियो । वैंकले सामाजिक उत्तरदायित्व अन्र्तगतकको सहयोग गुफालाई गरेको हो ।सहयोग हस्तान्तरण गर्दै उपमहाप्रन्धक सुवेदीले वैंकले सहरदेखि गाउँसम्म वैंकिङ्ग सुविधा प्रदान गर्दै आएको तथा यसका अलावा स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको कार्यक्रम गरी समाजसँग जोडिरहेको बताउनुभयो ।
भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उपमहाप्रवन्धक सुवेदीको भनाई थियो । सहयोग प्राप्त गरेपछी यसलाई सही सदुपयोग गर्ने बतउँदै वैंक परिवारलाई व्यवस्थापन समितिका अध्यक्ष सुनुवारले धन्यवाद दिनुभयो ।
कार्यक्रममा वैंकका कोशी प्रदेश कार्यालयका निर्देशक रन्जन खनाल , वरिष्ठ शाखा प्रमुख केदार अधिकारी , शाखा कार्यालय कटारीका प्रवन्धक ज्ञानेन्द्रबहादुर दाहाल , वैंकका कर्मचारीहरु तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


जनता भ्वाइस 








