images
images

लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्ट्रिय दिवश मनाईयो

जन्ताभ्वाईस सम्वददाता
११ असार , सोमबार , २०८०
कटारी /लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्ट्रिय दिवश सोमबार कटारीमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । ईलाका प्रहरी कार्यालय कटारीको आयोजनामा सोमबार विहान कटारी नगरमा जनचेतनामूलक प्लेकार्ड सहितको र्याली निकालिएको थियो ।
र्यालीमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी , शसस्त्र वेश क्याम्प कटारीका प्रहरी , ट्राफिक प्रहरी , विद्यार्थी , तथा लागुऔषध विरुद्धका अभियन्ताहरुको सहभागीता थियो । कार्यक्रममा विभिन्न जनचेतनामुलक पर्चा वितरण पनि गरिएको थियो ।
लागु औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता , व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने नाराका साथ २६ जुन २०२३ को अवसरमा दिवश मनाईएको हो । कटारी बजार परिक्रमा पश्चात भूगोलपार्कमा कोण सभाको आयोजना गरी कार्यक्रम सम्पन्न भएको थियो ।