images
images

कटारी नगरद्वार ५ नयाँ नगरको गौरवको आयोजनामा बजेट विनियोजन

जन्ताभ्वाईस सम्वददाता
११ असार , सोमबार , २०८०
कटारी / कटारी नगरपालिकको आईतबार सम्पन्न ११ औं नगर सभाले ५ वटा नयाँ नगर गौरवको आयोजनाहरु सार्वजनिक गरेको छ । नगरपालिकाकी उपमेयर गिता खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कटारी एकीकृत पार्क निर्माण आयोजनालाई १५ लाख बजेट छुट्याईएको छ । जुन कटारी ३ को तावाखोला पुलसँगैको खाली स्थानमा निर्माण गर्ने योजना रहेको छ ।
त्यसैगरी विज्ञान संकाय विस्तार कार्यक्रमलाई १५ लाख छुट्टाईएको छ । कटारी १४ स्थित रमाईलो झरना प्रवद्धृन , कटारी ३ को महादेव गुफा विकास , कालीखोलाको सिमसार ड्यामलाई पनि नगरको गौरवको आयोजना मार्पmत पाँच पाँच लाख बजेट छुट्याईएको छ ।
यस अघिको क्रमागतमा रहेका हरियाली पार्क निर्माणलाई ४ लाख , सिमसार क्षेत्र विकासलाई ४ लाख , आदिवासी भवन निर्माणलाई ७ लाख , स्मृति वाटिका संरक्षणलाई ४ लाख , टाईगर फिल्ड प्याराफिटका लागि १० लाख , र बुद्ध पार्क स्तूपा निर्माण आयोजनाका लागि ८ लाख छुट्टयाउँदै यी योजनालाई पनि नगरपालिकाले गौरवको आयोजनामा राखेको छ ।
त्यसैगरी क्रमागत समपुरक तर्पm वेतेनी सामुदायिक पार्क , मरुवाखोला वेलीवृज निर्माण योजना रहेका छन् भने कटारी वसपार्क टिडिएफसँग गरी नगरपालिकाले गौरवको योजनामा राखेको छ ।