images
images

कटारीले ल्यायो ८३ करोड ८६ लाख ७८ हजार ५ सयको बजेट

जन्ताभ्वाईस सम्वाददाता
१० असार , आईतबार , २०८०
कटारी /कटारी नगरपालिकाले आईतबार (आज)११ औं नगर सभा सम्पन्न गरेको छ । सम्पन्न नगर सभाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ८३ करोड ८६ लाख ७८ हजार ५ सयको बजेट सार्वजनिक गरेको छ ।
बजेटमा नगरपालिकाका १४ वटा वडालाई वडागत कार्यक्रम गर्न ११ करोड १२ लाख विनियोजन गरिएको छ । सभाले सामाजिक विकास क्षेत्रमा ४ करोड ८७ लाख पचास हजार बजेट छुट्टाएको छ । पूर्वाधार विकास तर्पm ७ करोड ४८ लाख छुट्याईएको छ ।
त्यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रका लागि २६ करोड १९ लाख सरसट्ठी हजार ५ सय छुट्याईएको छ भने वन वातावरण तथा विपद व्यवस्थापनमा ६४ लाख बजेट विनियोजन गरिएको छ । सभामा वोल्दै नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले सवैजना मिलेर नगरपालिकालाई सफल बनाउनुपर्ने बताउनुभयो ।
जनप्रतिनिधिहरु र कर्मचारीहरुको तालमेलले मात्रै नगर समृद्ध हुने बताउनुभयो । कार्यक्रममा नगरपालिकाकी उपमेयर गीता खड्काले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । बजेट सार्वजनिकिकरणमा वोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले यस वर्ष गत वर्षभन्दा अढाई करोड बढी बजेट आएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका प्रवक्ता प्रेमबहादुर थापाका साथै विभिन्न समितिका संयोजकहरुले प्रगति प्रतिवेनहरु सार्वजनिक गरेका थिए ।