जन्ताभ्वाईस सम्वाददाता
असार , ८ ,शुक्रबार , २०८०
कटारी / कटारीमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र , राष्ट्रियता ,धर्म , संस्कृति र नागरिक बचाउ महाअभियानको सम्पर्क कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार एक कार्यक्रमकावीच कार्यालयको उदघाटन गरिएको हो ।
कार्यालयको उदघाटन गर्दै अभियन्ता विजय थापाले लघुवीत्त र वैंक पीडितहरुलाई कार्यालयमा सम्पर्क राख्न आग्रह गर्नुभयो । वैंक तथा लघुवीत्तको ज्यादती विरुद्ध एकजुट हौं ,आत्महत्या नगरौं , घरगाउँ छोडेर नभागौं भन्ने नाराका साथ अभियानको कार्यालय स्थापना गरिएको हो ।
अभियन्ता थापाले आईतबारदेखि कटारीका प्रशासनिक तथा विभिन्न निकायहरुमा स्थानीयहरुलाई पीडित बनाई मर्ने अवस्था नल्याउन आग्रह गर्दै ज्ञापन पत्र बुझाउने बताउनुभयो । कार्यालयबाट वैंक र लघुवीत्त पीडित मात्र नभई भ्रष्टाचार , विकृति , विसंगतिका विरुद्ध पनि आवाज उठाईने अभियन्ता थापाले बताउनुभयो ।
त्यसैगरी अर्का अभियन्ता निशान राईले वास्तविक पीडितहरुलाई कार्यालयमा सम्पर्कमा आउन आग्रह गर्दे क्रमश ः आवाज उठाउँदै जाने बताउनुभयो । आगामी चरणमा ज्ञापन पत्र वुझाउने बताउँदै अभियन्ता राईले कसैले पनि वैंक र लघुवीत्तको ऋणको पीडाले ज्यान फाल्ने दिन नआओस भनेर अभियान चलाईरहेको बताउनुभयो ।कार्यालयले उदयपुर र सिन्धुलीका पीडितहरुका लागि काम गर्नेछ ।


जनता भ्वाइस 








