images
images

सार्वजनिक क्षेत्र अतिक्रमण नगर्न कटारी नगरपालिकाको अनुरोध

जन्ताभ्वाईस सम्वाददाता
७ असार , विहिबार , २०८०
कटारी /कटारी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण भइरहेको भन्दै सार्वजनिक जग्गा अतिक्रमण नगर्न अनुरोध गरेको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती हस्ताक्षरित सुचना जारी गर्दै नगरपालिकाले नगरक्षेत्र भित्रको राजमार्ग, सहायक मार्ग र नगरका अन्य भित्रि सडकहरु तथा क्षेत्रमा समेत प्रचलित भवन निमार्ण सम्बन्धी मापदण्ड विपरित सार्वजनिक क्षेत्र अतिक्रमाण्मा परेकाले नगर्न अनुरोध गरेको हो ।
सार्वजनिक बाटो, सडक , जग्गा अतिक्रमण गरि बिभिन्न संरचनाहरु निमार्ण गर्ने, सार्वजनिक अवागमनमा बाधा अवरोध पुग्ने गरि निमार्ण सामग्री तथा अन्य सामग्री राख्ने, अव्यवस्थीत रुपमा सवारि पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्याबसाय गरि आवागमनमा अवरुद्घ बनाउने कार्य देखिएकोले सो कार्य नगर्न नगरपालिकाले अनुरोध गरेको हो ।
यदि उक्त कार्य नरोकिएमा सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कार्वाहि गरिने पनि सुचनामा भनिएको छ । साथै, नगर प्रहरीले जफत गरेको सामान ३ दिन भित्र तोकिएको जरिवाना तिरि लैजान पनि नगरपालिकाले अनुरोध गरेको छ ।