images
images

रास्वपाको वार्षिकोत्सवमा रक्तदान र क्षेत्रीय कार्यालय उदघाटन

भावना थापा
७ असार , विहिबार , २०८०
कटारी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आप्mनो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा आज कटारीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीले “रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कटारी नगरपालिका ३ मा रहेको चिल्ड्रेन पार्कमा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम ब्लड बैँक लहानको समन्वयमा भएको हो । रास्वपाले स्थापना दिवसको अवसरमा यस अघि कटारी , ४ गबुवामा वृक्षारोपण कार्यक्रम पनि गरेको थियो । 
यसैगरी आज नै पार्टीले उदयपुरको क्षेत्र नम्बर २ स्तरीय क्षेत्रीय पार्टी कार्यालय पनि उदघाटन गरेको छ । पार्टीका उदयपुर जिल्ला सह संयोजक तथा कोशी प्रदेस सदस्य अनिल श्रेष्ठ लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यालयको स्थापना गरिएको पार्टीका वडा नम्बर ४ का सभापति वेदप्रसाद पराजुलीले बताउनुभयो ।
पार्टीको क्षेत्रीय कार्यालयबाट यस क्षेत्रमा संगठन विस्तार लगायतकका कार्यक्रमहरु संञ्चालन हुनेछ । पार्टीले यस क्षेत्रमा पनि संगठन विस्तार र गतिविधिलाई तिव्रता दिईरहेको छ ।