जन्ताभ्वाईस सम्वाददाता
६ असार ,बुधबार , २०८०
दुधौली /सिन्धुलीको दुधौली नगरपालिका–४ मा बुधबार दिउँसो चट्याङ पर्दा मदन भण्डारी राजमार्गमा गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । दुधौली नगरपालिका–४ को लक्ष्मीपुर र पचरुखीमा एकसाथ चटयाङ पर्दा गाईघाट आउँदै गरेको वाग्मती प्रदेश वीएवी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नं कारहरु अनियन्त्रित भई पल्टिँदा कारमा सवार पाँच जना घाइते भएका हुन् ।
घाइतेहरुलाई सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि सिन्धुली अस्पताल र काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ। सोही चट्याङका कारण स्थानीय दुईजना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचार भइरहेको छ ।


जनता भ्वाइस 







