जन्ताभ्वाईस सम्वाददाता
६ असार , बुधबार , २०८०
कटारी / कटारीमा पनि आज अन्र्तराष्ट्रिय योग दिवश मनाईएको छ । दिवशको अवसरमा नेपाल मानव धर्म सेवा समिति कटारीले योग साधना शिविरको आयोजना गरेको थियो ।शिविरको उदघाटन गर्दै नेपाल मानव धर्म सेवा समिति कटारीकी ईन्चार्ज महात्मा उषा बाईजीले योग शारिरिक अभ्यास मात्र नभई , नियम ,विधिमा रही अपनाउने जीवन पद्धति रहेको बताउनुभयो । शरिरलाई स्वास्थ्य र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग नै रहेको बताउँदै तनाव मुक्त शान्त मन , रोगमुक्त स्वास्थ्य शरिर विकासमा योगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिविरमा ३० जना सहभागी भएका थिए ।


जनता भ्वाइस 







