जन्ताभ्वाईस सम्वाददाता
६ असार , बुधबार , २०८०
कटारी / कटारी वडा नम्बर १२ ले चालु आर्थिक वर्षमा १सय१४ घरको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाध्यक्षमा निर्वाचित भएलगत्तै वडाध्यक्ष वाशु कटुवालले वडावासीहरुको निशुल्क स्वास्थ्य वीमा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रतिवद्धता बमोजिम चालु आर्थिक वर्षमा वडाका १ सय १४ घरको निशुल्क स्वास्थ्य वीमा गरिएको स्वास्थ्य वीमा दर्ता सहयोगी दिलराम बरालले बताउनुभयो । वडाध्यक्ष कटुवालका अनुसार , अतिविपन्न , एकल विपन्न महिला , दिर्घरोगीहरुको वडाले स्वास्थ्य वीमा गरिदिएको हो ।
वडाबाट ४ लाख बजेट छुट्याएर स्वास्थ्य वीमा गरिएको हो । आगामी आर्थिक वर्ष पनि स्वास्थ्य वीमाको कार्यक्रम राख्ने वताउँदै वडाध्यक्ष कटुवालले आगामी वर्ष भने साझेदारीमा ५० प्रतिशत वडाले व्यहोर्ने गरी वीमा गराउने बारे छलफल भईरहेको बताउनुभयो ।


जनता भ्वाइस 







