जन्ताभ्वाईस सम्वाददाता
६ असार , बुधबार , २०८०
कटारी / सुदुर पश्चिमका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै देशभर पैदल यात्रामा निस्किएका कैलाली , गौरीगँगा नगरपालिका , ४ खुरखुरियाका देवराज पाध्याया आज कटारी आईपुग्नुभएको छ । ३८ वर्षिय पाध्याय पैदल खुट्टाले नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गरेको ९९ सयौं दिन कटारी आईपुग्नुभएको हो ।
पैदल हिनेर आप्mनो देश कस्तो छ भन्ने थाहा पाउन पैदल हिनेको बताउने पाध्यायाले यात्रासँगै सुदुरपश्चिमको पर्यटकीय क्षेत्रहरुको पनि प्रचार प्रसार गर्दै आउनुभएको छ । सुदुरपश्चिमको खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुन्ज ,गोदावरी र वडिमालिका धाम ,अपी र शैपाल जस्ता हिमालको प्रचार प्रसार गर्दै यात्रामा निस्किएको पाध्याया बताउँछन् ।
गतवर्ष २८ दिनमा मेची महाकाली पैदल काँधमा हलोजुवा वोकेर यात्रा गरेका पाध्यायाको त्यस यात्राको उद्येश्य नेताहरु सच्चिए मात्रै देश विकास सम्भव छ भन्ने थियो । यसपटक देशको बारेमा जानकारी लिन यात्रामा निस्किएका पाध्यायाको उदयपुर ४१ जिल्ला प्रवेश हो ।
यस पटक कटारीहुँदै पाध्याया पहाडी जिल्ला ओखलढुगा तर्पm लाग्नुभएको छ । पहाडी जिल्ला पश्चात उदयपुर सदरमुकाम गाईघाट पुग्ने उहाँले बताउनुभयो । ४० हजार ऋण र साथमा आप्mनो १० हजार गरी ५० हजार बोकेर पैदल यात्रामा निस्किएका पाध्यायको घरमा आमा कलधरी पाध्याया ,श्रीमति र दुई छोरा छन् ।
पाध्यायले पछिल्लो पटक काठमाडौं पुगेपछी त्यहाँबाट भने ग्रेटर नेपालको नक्सा पनि बोक्नुभएको छ । देशको विगतको नक्सा यस्तो रहेछ भन्ने पनि जानकारी दिन नक्सा बोकेको उहाँले बताउनुभयो ।


जनता भ्वाइस 








