images
images

लम्पीस्किनले कटारीका ७ हजार पशु संक्रमित , ३ सय मरे (भिडियो सहित)

जन्ताभ्वाईस सम्वाददाता
५ असार , मंगलबार , २०८०
कटारी /गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगले कटारी नगरपालिकाका ३ सय पशु मरेका छन् । ७ हजार पशु संक्रमित भएका छन् ।
कटारी नगरपालिका पशु शाखाका प्रमुख विजया न्यौपानेका अनुसार नगरपालिकाको पहाडी वडामा देखिएको लम्पी स्किन अहिले तल्लो वडामा पनि पैmलिएको छ । लम्पी स्किनमा पशुहरुलाई ज्वरो आउने , घाउ निस्किने लक्षण देखा पर्दछन् ।
प्रमुख न्यौपानेका अनुसार संक्रमण रोक्न नगरपालिकाबाट पर्याप्त बजेट नपाउँदा पनि समस्या भएको छ ।“कार्यपालिकाबाट ३ लाख छुट्टिएको थियो उक्त रकमको प्राविधिकहरु वडामा पठाउँदा र उपचारमै सकियो ।”न्यौपानेका अनुसार संक्रमण दर धेरै भएपनि उपचारका लागि बजेट अभाव भएको हो ।
लम्पी स्किन सरुवा रोग भएकाले संक्रमित गाईभैंसीहरुलाई अलग राख्नु पर्ने झिंगा , लामखुट्टेको टोकाईबाट बचाउनु पर्ने पनि प्रमुख न्यौपानेले बताउनुभयो । पशुमा पैmलिएको संक्रमणमा कृषकहरु भने चिन्तित बनेका छन् ।

(भिडियो )