images
images

वडाध्यक्ष र ईन्जिनियर माथी भएको अभद्र व्यवहारप्रति रास्वापाको ध्यानाकर्षण

जन्ताभ्वाईस सम्वाददाता
५ असार , मंगलबार , २०८०
कटारी /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले आज एक विज्ञप्ति जारी गर्दै कटारी वडा नम्बर ४ का वडाधयक्ष भूपेन्द्र सिंह तामाङ र ईन्जिनियर सुरेन्द्र जयसवाल माथि अभद्र व्यवहार भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । रास्वापाको जिल्ला कमिटीले जारी गरेको विज्ञप्तिमा कटारी ३ र ४ को सिमामा सडकको खाल्डो पुर्ने जनश्रमदानमा खटिएका वडाध्यक्ष तामाङ र ईन्जिनियर जयसवाललाई कटारी ३ निवासी सरिता श्रेष्ठले अभद्र शैलीमा गाली गलौज गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
रास्वापाका जिल्ला सह संयोजक तथा कोशी प्रदेश सदस्य अनिल कुमार श्रेष्ठ हस्ताक्षरित विज्ञप्तिमा आप्mनो अनुकुल काम नगरिदिएको निहुँमा नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ , स्थानीयहरुको उपस्थितिमै गाली गलौज तथा हातपात गरेको प्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । जिम्मेवार वडाध्यक्ष र ईन्जिनियर माथी नगर प्रमुखकै उपस्थिति भएको स्थानमा घटना घट्दा पनि नगर प्रमुख केहि नवोल्नुले नगरप्रमुखको गरिमामा प्रश्न चिन्ह खडा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
व्यक्तिको प्रतिष्ठा र सम्मानमा आँच पुग्ने कार्य क्षम्य नहुने पनि पार्टीले उल्लेख गरेको छ । दोषिलाई कार्वाहीको दायरामा ल्याउन र पुन घटना नदोहोराउने वातावरण तयार गर्न पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि मिथिला समाज कटारीले ईन्जिनियर जयसवालमाथि भएको घटनाको निन्दा गर्दै कार्वाहीको माग गरेको थियो ।कार्वाही नभए आन्दोलन गर्ने समेत समाजले चेतावनी दिएको थियो ।