जन्ताभ्वाईस सम्वाददाता
५ असार , मंगलबार , २०८०
कटारी / सौर्य सिमेन्ट प्रालिले कटारी , ८ को चुनढुंगा खानीबाट उत्खनन् गर्ने विषयमा पटक पटक गरेको सम्झौता कार्यन्वयन नगरेको भन्दै विभिन्न स्थानीय सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । आज गडीकोट पर्यटन व्यवस्थापन कटारी , ७ को नेतृत्वमा विभिन्न संस्थाहरुको सहमतिमा प्रालिलाई तत्काल सम्झौता कार्यन्वयन गर्न माग गरिएको हो ।
यस अघि पटक पटक स्थानीयहरुसँग भएको छलफलको निर्णय अनुसार भएको सम्झौतामा कटारीहुँदै मर्जेतपुर जाने सडक ढलान ,गढीकोट सडकको नाली र ग्रावेल ,सरस्वती आधारभूत विद्यालयको भवन ,खानेपानी व्यवस्थापनका लागि लिखित सम्झौता भएको भएपनि प्रालिले अभैm काम थालेको छैन् ।
मर्जेतपुरवासीहरुसँग व्यवहारिक सहमति भई उत्खनन गरेको सिमेन्टले वातावरणीय प्रभाव परीक्षण ईआईए गरी कानुनी बाटो समेत नभएको हुँदा यहि ७ असारदेखि सवै काम नथाले उद्योग आपैmले यस क्षेत्रको सवै कामकार्वाही रोक्न माग गरिएको छ । यदि नरोकिएमा भएका घटनाबाट भएको क्षतिको जिम्मेवार उद्योग नै हुने पनि पत्रमा चेतावनी दिईएको छ ।
पत्रमा व्यवस्थापन समितिका अध्यक्ष सूर्यवहादुर तामाङ ् ,कटारी सिम्ले मर्जेतपुर सडक उपभोक्ता समिति अध्यक्ष डाकबहादुर मगर , सरस्वती सामुदायिक वन उपभोक्ता समितिको सचिव कर्णबहादुर तामाङ ,सरस्वती आधारभूत विद्यालयका विव्यस अध्यक्ष , भिमबहादुर मगर , बिमिरेखोला खानेपानी सरसफाई आयोजना समिति अध्यक्ष मानबहादुर तामाङ् , टोलविकास समिति मर्जेतपुरका अध्यक्ष रत्नबहादुर तामाङ् लगायतका विभिन्न व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।
उनीहरुले कटारी मर्जेतपुर सडक वर्षैपिच्छे २ सय मिटर ढलान गर्ने , मर्जेतपुर विद्यालय देखि एनटिसी टावरसम्म ग्रावेल गर्ने ,सरस्वती आधारभुत विद्यालयको भवनको निर्माण तत्काल थाल्नुपर्ने माग गरेका छन् । सौर्य सिमेन्टले स्थानीयहरुसँग विभिन्न समयमा वसेको भेलाले गरेको निर्णय बमोजिमका सम्झौता कार्यन्वयन नगरेको भन्दै पत्र पठाएका हुन् । ५ वर्ष अघिदेखि सहमति र सम्झौता भएपनि उद्योगले कुनै पनि सहमति र सम्झौता कार्यान्वयन गरेको छैन् ।
सौर्य सिमेन्टले खानी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई तलब समयमा नदिने , स्थानीयको समस्यालाई वेवास्ता गर्ने गरेको भन्दै विरोध समेत हुने गरेको छ । सौर्य सिमेन्टले कटारी ८ बाट चुनढुँगा उत्खनन् गरी सिरहाको मिर्चैयामा उद्योग संञ्चालन गर्दै आएको छ ।


जनता भ्वाइस 








